अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता कार्यकर्ता पक्राउ

aajakaura news

ढाका, २५ कात्तिक — बंगलादेशको प्रहरीले अमेरिकाविरोधी गतिविधिमा संलग्न भएको आरोपमा अवामी लिगका नेता तथा कार्यकर्तालाई पक्राउ गरेको जनाएको छ। ढाका महानगर प्रहरीका प्रवक्ता मोहम्मद तालेबुर रहमानका अनुसार अमेरिकाविरोधी प्लेकार्ड बोकेका अवामी लिग समर्थकलाई पक्राउ गरिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको तस्बिरसहित प्रदर्शन गर्न आदेश दिएपछि अपदस्थ पूर्व नेता शेख वाजेद हसिनाका समर्थकहरूलाई शनिबार राति पक्राउ गरिएको थियो। हसिना गत अगष्टमा भारततर्फ भागेकी थिइन्, र यसपछि नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा कामचलाउ सरकारले जिम्मेवारी सम्हालेको छ। युनुस सरकारलाई लोकतान्त्रिक सुधार लागू गर्ने र निर्वाचन सम्पन्न गराउने जिम्मा दिइएको छ।

शनिबार राति पक्राउ परेका प्रदर्शनकारीलाई “देश विरोधी” गतिविधिमा संलग्न भएको आरोप लगाइएको छ। बंगलादेशमा १७ करोड जनसंख्या रहेको अवस्थामा यस्ता गतिविधिले देशलाई अस्थिर बनाउन सक्ने चिन्ता प्रहरी प्रशासनले व्यक्त गरेको छ। प्रवक्ता रहमानले भने, “हामी उनीहरूको गतिविधि मूल्याङ्कन गरिरहेका छौँ।”

आइतबार अवामी लिगले धम्कीपूर्ण ¥यालीको आयोजना गर्न लागेको पूर्वसन्ध्यामा यो विरोध प्रदर्शन भएको थियो, जसलाई अन्तरिम सरकारद्वारा ‘फाँसीवादी’ गतिविधि भन्दै प्रतिबन्ध लगाइएको थियो। ढाकाको मध्यभागमा विद्यार्थीहरूले विरोध प्रदर्शनको आह्वान गरेका छन्।

हसिनाको शासन पतनपछि उनका धेरै सहयोगीलाई पक्राउ गरिएको छ। आन्दोलनका क्रममा ७०० भन्दा बढीको मृत्यु भएको प्रहरी कारबाहीमा हसिनालाई दोषी ठहर गरिएको छ। उनका समर्थकहरूले अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले उनको विरोधमा प्रदर्शनलाई प्रोत्साहित गरेको आरोप लगाएका छन्।

युनुसले ट्रम्पको चुनावी विजयपछि उनलाई बधाई दिँदै अमेरिकासँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन्।

प्रहरीले अवामी लिगलाई ¥यालीको अनुमति नदिएको र अवामी लिगका प्रेस सचिवले पनि पार्टीलाई मार्च गर्न अनुमति नदिइएको जनाएका छन्।

अवामी लिगप्रति कटाक्ष गर्दै शफिकुल आलमले जारी गरेको विज्ञप्तिमा यो दललाई “फासीवादी पार्टी” को संज्ञा दिइएको छ। उनले थपे, “‘सामूहिक हत्यारा र तानाशाह’ को आदेशमा ¥यालीको प्रयास गर्ने जो कोही कानुन कार्यान्वयन निकायको बलको सामना गर्नेछ।”

समन्धित समाचार