१ करोड पटक हेरियो टिकटकमा हिट गायक कृष्ण बि.केको ‘राधा पियारी’

radha piyari 1

काठमाडौं, २०८१ कार्तिक २६ (सोमबार): गायक कृष्ण बि.के र गायिका शान्ती श्री परियारको स्वरमा रहेको गीत ‘राधा पियारी’ अब १ करोड क्लबमा प्रवेश गरेको छ। लक्षरा फिल्म्स र एस आर जी होल्डिङ्सको प्रस्तुतिमा तयार भएको यो गीतलाई युट्युबमा १ करोड पटक भन्दा बढी हेरिएको छ र ४ हजार भन्दा बढी दर्शकहरूले कमेन्ट गरेका छन्।

दुई महिनाअघि सार्वजनिक भएको यस गीतका केही हरफहरू टिकटकमा भाइरल भएका थिए। गीतको भिडियोलाई प्रयोग गर्दै धेरैले टिकटकमा भिडियोज बनाएका थिए, जसले यसको लोकप्रियता झनै बढाएको थियो। गायक कृष्ण बि.केले गीतलाई यति धेरै रुचाइएकोमा अचम्मको प्रतिक्रिया जनाउँदै, यो माया दर्शक र श्रोताका कारण रहेको बताएका छन्। उनले यस गीतलाई टिकटकमार्फत बढी भ्यूज प्राप्त भएकोमा विश्वास व्यक्त गरेका छन्।

गीतको भिडियोलाई ओ.एस.आर डिजिटल युट्युब च्यानलमा सार्वजनिक गरिएको थियो। भिडियोलाई सिने क्षेत्रमा लोकप्रिय कलाकार पल शाह र मलिका महतले अभिनय गरेका छन्। यस गीतको नाम ‘राधा पियारी’ भएपनि यसको भिडियोले सहकारी पीडितहरूको कथा बोल्छ, जुन समसामयिक र संवेदनशील विषय हो। गीतको मुल सार देशभर छरिएर बसेका सहकारी पीडितलाई न्याय दिलाउन पहल गर्ने हो।

गायक कृष्ण बि.के स्वयंले गीतका शब्द र संगीत तयार गरेका छन्। गीतको निर्देशन जि.बि अग्रको रहेको छ भने नरेश बिबिसीले मिक्सिङ र मास्टरिङ गरेका छन्। संजय विश्वकर्माले कोरियोग्राफी गरेका छन् र अर्जुन तिवारीको सिनेमाटोग्राफी तथा सुपृम पराजुलीको सम्पादन रहेको छ।

समन्धित समाचार