कोशी प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेका छन्। उनलाई विराटनगरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
अधिकारीलाई विराटनगरबाट काठमाडौँ ल्याउने तयारी गरिएको छ। नक्कली कागजात बनाएर अधिकारीसँगै जापान पुगेकाहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ बुझाएको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ।