जजिरा एयरवेजको विमान गौतम बुद्ध विमानस्थलमा सफल अवतरण, नियमित उडानका लागि तय

airlines news

२४ कात्तिक, काठमाडौं । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा जजिरा एयरवेजको विमानले सफलता पूर्वक अवतरण गरेको छ। विमानले सम्पूर्ण सिट क्षमताका यात्रुहरू सहित कुवेतबाट नेपाल ल्याएको थियो। विमान फर्किंदा पनि सम्पूर्ण सिट भरिएको जानकारी विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले दिए।

गौतम बुद्ध विमानस्थलमा यसअघि पनि जजिरा एयरवेजले उडान भरिसकेको भए पनि यो पटकको उडानले नियमित सेवा स्थापनामा थप मील का पत्थर राखेको छ। अब जजिराले हप्तामा तीन दिन – मंगलबार, बिहीबार, र शनिबार – नियमित उडान सेवा सञ्चालन गर्ने योजना बनाएको छ।

नियमित अन्तर्राष्ट्रिय उडानले गौतम बुद्ध विमानस्थलको यात्रु संख्यामा वृद्धि गर्दै नेपाल भ्रमण गर्न चाहने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई समेत सुविधा पुर्‍याउने विश्वास लिइएको छ। थप यात्रुहरूको आगमनले देशको पर्यटन क्षेत्रलाई सहयोग पुर्‍याउने र लुम्बिनी क्षेत्रको प्रवर्द्धनमा समेत सहयोग गर्ने अपेक्षा राखिएको छ।

समन्धित समाचार