डोटीको राजपुरस्थित सुजङ अस्पतालमा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको छ । घरमा खेल्ने क्रममा लडेर बायाँ हात भाँच्चिएर घाइते भएकी डोटी दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी नौं वर्षीया रजनी भुलको उपचारको क्रममा मृत्यु भएको हो ।
बालिकाको मृत्यु भएपछि प्रहरीले तीन जना चिकित्सक डा। राजमणि यादव, डा। सुरेन्द्र कुमार चौधरी र डा.अभिषेक यादवलाई नियन्त्रणमा लिएको छ ।
सामान्य उपचारपछि बुधबार राति करिब ८ बजे शल्यक्रियाका लागि बालिकालाई बेहोस गर्ने क्रममा औषधिले असर ९रियाक्सन० गरी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । बालिकाका आफन्तले डाक्टर चिकित्सक० को लापरबाहीका कारण मृत्यु भएको भनेपछि प्रहरीले उपचारमा संलग्न तीन जना चिकित्सकहरू नियन्त्रणमा लिएको हो ।