यूएईमा भइरहेको आईसीसी यू-१९ महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले लगातार दोस्रो जित निकालेको छ ।
दोस्रो खेलमा नेपालले कुवेतलाई १०८ रनको फराकिलो जित निकालेको हो ।दुबईस्थित दी सेभेन्स स्टेडियममा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३१ रनको लक्ष्य दिएको थियो । १३१ रनको लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा २२ रनमै अलआउट भयो ।
कुवेतका लागि कुनै पनि खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३० रन जोडेको थियो ।नेपालका लागि कप्तान पूजा महतोले सर्वाधिक ३४ रन जोडिन् । ३८ बलमा ४ चौका हिर्काएकी उनी रनआउटको रुपमा आउट भएकी थिईन् ।
त्यस्तै ओपनर साना प्रविनले २५ रन थपिन् । १८ बलको सामना गरेकी उनले ५ चौका हिर्काइन् । ज्योत्सिका मरासिनीले २३ रन थपपेको खेलमा अलिसाकुमारी यादवले १५ रन बनाईन् भने सावित्रा धामी र सोनी पाख्रिनले समान ६ रन जोडे । कुवेतका लागि भने आयेशा इक्बाल पेवेकरले २ विकेट लिइन् ।