अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पद्वारा जितको घोषणा

12

अमेरिकी राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पले आजको दिनलाई आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनको रूपमा सम्झने बताएका छन् ।

चुनावी नतिजा आफ्नो पक्षमा आउने सम्भावना निकै बलियो भएपछि ट्रम्प आफ्ना समर्थकलाई फ्लोरिडामा सम्बोधन गर्दै यस्तो भनेका हुन् । उनले आफ्नो चार वर्षे कार्यकाल अमेरिकाका लागि स्वर्ण युग (गोल्डेन एज) हुने दाबी गरे । उनले भनेका छन्,‘यो अमेरिकाको लागि स्वर्ण युग हुनेछ । यो अमेरिकी जनताको लागि ठूलो विजय हो जसले हामीलाई अमेरिकालाई फेरि महान बनाउन सक्षम बनाउँछ । अमेरिकाले हामीलाई अभूतपूर्व र शक्तिशाली जनादेश दिएको छ ।’

सो क्रममा ट्रम्पले एलन मस्कको पनि निकै तारिफ गरे । उनी रिपब्लिकन पार्टीको ‘न्यू स्टार’ भएको बताउँदै ट्रम्पले भने, ‘मस्क वास्तवमै गज्जबका मान्छे हुन ।’ ट्रम्पले सम्बोधनको क्रममा आफ्नी पत्नी मेलानिया र परिवारलाई धन्यवाद दिए । सम्बोधनको क्रममा ट्रम्पले आफ्नो जित घोषणा गरेका छन् । तर यसको औपचारिक घोषणा भने भइसकेको छैन ।

समन्धित समाचार