नवलपरासी बर्दघाट सुस्तापूर्वको कावासोती नगरपालिका–७ मा आज दिउँसो गैँडाको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।
गैँडाको आक्रमणबाट गम्भीर घाइते भएका बोटेलाई स्थानीले उपचारका लागि अस्पताल भर्ना गरेका थिए । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक जेशी शाहले बताए ।