काठमाडौं महानगरका प्रमुख बालेन्द्र शाह (बालेन)ले सरकारले सिंहदरबार वैद्यखाना सञ्चालन गर्न नसके महानगरलाई सञ्चालनको जिम्मेवारी दिन आग्रह गरेका छन् ।
बुधबार सिंहदरबार वैद्यखानाको ३०औँ वार्षिकोत्सव समारोहमा बोल्दै बालेनले यस्तो बताएका हुन् । उनले सिंहदरबार वैद्यखाना सरकारले पूर्ण रूपमा सञ्चालन गर्ने जिम्मेवारी लिनुपर्ने उल्लेख गरे । बिक्री हुने कुरा घाटामा जान नसक्ने भन्दै औषधि उत्पादन बढाएर अर्थतन्त्रमा टेवा पुर्याउन सकिने बताए । उनले देश किन डुब्यो भन्नेकुराको जानकारी पाउन सिंहदरबार वैद्यखाना आएर हेर्दा स्पष्ट हुने बताए ।
‘यो देश किन डुबेको भनेर हेर्न मन छ भने सिंहदरबार वैद्यखाना आएर हेरे हुन्छ । ठ्याक्कै थाहा हुन्छ, यो देश के कारणले डुब्छ ? यो देशमा के समस्या छ ? देशमा उत्पादन गर्ने विभिन्न सरकारी उद्योगहरू, सरकारले चलाएका विभिन्न उद्योगहरू कसरी डुब्छन् भन्नेकुरा ठ्याक्कै थाहा हुन्छ ।’ उनले भने