बंगलादेशले भुटानलाई हराउँदै लगातार दोस्रोपटक साफ महिला च्याम्पियनसिपको फाइनलमा स्थान हासिल गरेको छ ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बंगलादेशले भुटानविरुद्ध ७-१ को सहज जित निकालेको हो । बंगलादेशले अब उपाधिका निम्ति भारत र नेपालबीचको विजेतासँग खेल्नेछ । प्रतियोगिताको दोस्रो सेमिफाइनल पनि आजै साँझ ६ः३० बजेदेखि दशरथ रंगशालामा हुने तालिका छ ।
साफको इतिहासमा लगातार दोस्रोपटक फाइनल पुगेको बंगलादेशले समग्रमा तेस्रोपल्ट फाइनल खेल्न लागेको हो । बंगलादेशले यसअघि सन २०२२ मा उपाधि जित्दा फाइनलमा नेपाललाई पराजित गरेको थियो । बंगलादेशले त्यसअघि २०१६ को संस्करणमा फाइनल खेलेको थियो ।





