श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, राप्ती नगर समिती गठन भएको छ ।
नेपालजस्तो शान्तिपूर्ण, मेलमिलाप र भाइचारा प्रचुर रहेको राष्ट्रमा बाह्य शक्तिहरूको निर्देशनमा ९४% सनातनीहरूको चाहना विपरीत लादिएको धर्मनिरपेक्षताको छायामा दिनप्रतिदिन सनातन धर्ममाथि हमला हुँदै आइरहेको छ। मठमन्दिर, गुम्बा, चैत्य, विहार, र गुरुद्वाराजस्ता धार्मिक सम्पदाहरूमा तोडफोड, क्षति पुर्याउनमा तथा गरीब जनतालाई विभिन्न प्रलोभन देखाई धर्म परिवर्तनमा बाध्य पार्न विदेशी गिरोहहरू सक्रिय छन्। यस्तो विषम परिस्थितिमा, आफ्नो धर्म संस्कृति र सम्पदाको संरक्षण गर्नु अपरिहार्य भएकोले श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ चितवनले देशव्यापी अभियान सुरु गरेको छ।
यस अभियानलाई सफल बनाउनका लागि गाउँ, टोल, र नगर तहमा सक्रियता आवश्यक रहेकोले मिति २०८१ साल कात्तिक १० गते चितवनको श्री मुकुन्देश्वर शिवालय मन्दिर प्राङ्गणमा नगर समिति गठन गर्ने उद्देश्यले विशेष सभा सम्पन्न भयो। सभाको प्रमुख आतिथ्यमा श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ चितवनका अध्यक्ष श्री प्रेमनिधि भारद्वाज रहनुभएको थियो भने संस्थाका जिल्ला सचिव श्री रामप्रसाद गौतम, कोषाध्यक्ष श्री राजेन्द्र प्रसाद आचार्य, र सदस्य श्री हरिकृष्ण तिमल्सिना विशेष उपस्थिति जनाउनुभएको थियो।
सभामा चितवनका प्रख्यात धार्मिक एवं सामाजिक व्यक्तित्वहरु, जस्तै श्री भीमप्रसाद थपलिया, समाजसेवी विश्वराम सेडाई, राजकुमार भट्ट लगायत सयौं सनातन धर्म प्रेमीहरूको उपस्थिति रहेको थियो। जिल्ला सचिव श्री रामप्रसाद गौतमले संस्थाको लक्ष्य, उद्देश्य, तथा सदस्यता आबद्ध हुनुपर्ने कारणहरू प्रस्तुत गर्दै सभाको औपचारिक सुरुवात गर्नुभयो। विशिष्ट अतिथि श्री भीमप्रसाद थपलियाले संस्थाले उठाएको कदमको प्रशंसा गर्दै सम्पूर्ण सनातनी समुदायलाई तन, मन, र वचन दिएर आफ्नो धर्मको संरक्षण गर्न आह्वान गर्नुभयो। यसैगरी, कोषाध्यक्ष श्री राजेन्द्र प्रसाद आचार्य र सदस्य श्री हरिशरण तिमल्सिनाले वर्तमान परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गर्दै सबै सनातनीलाई आफ्नो धर्मको रक्षार्थ सक्रिय भूमिका निभाउन आग्रह गर्नुभयो।
अन्त्यमा, जिल्ला अध्यक्ष श्री प्रेमनिधि भारद्वाजले ९४% सनातनीहरूको बाहुल्यता रहेको देशमा नै सनातनीहरूको असुरक्षा बढिरहेको विषयमा चिन्ता व्यक्त गर्दै सम्पूर्ण सनातनी समुदायलाई जागरुक हुन र संस्थामा आबद्ध हुन आग्रह गर्नुभयो। उहाँले मठमन्दिर, गुम्बा, चैत्य विहार, गुरुद्वाराहरूलाई अझ सुरक्षित बनाउन तथा आफ्ना धार्मिक पर्वहरूको संरक्षण गर्न अपिल पनि गर्नुभयो।
यस अवसरमा राप्ती नगरपालिकाभित्रका मठमन्दिर, गुम्बा, र धार्मिक सम्पदाबाट आएका विभिन्न धर्मप्रेमी भक्तजनहरूले विशेष छलफलपछि नगर कार्य समिति चयन गर्नुभयो। नवगठित नगर कार्यसमितिका पदाधिकारीहरूलाई हार्दिक बधाई ज्ञापन गर्दै, आफ्ना धार्मिक उत्तरदायित्वको सफल निर्वाहका लागि राष्ट्रदेव श्री पशुपतिनाथसँग प्रार्थना गरियो।
यो नगर समिति गठन कार्यक्रमले चितवनको धार्मिक र सांस्कृतिक समृद्धिमा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ, र सम्पूर्ण सनातनीहरूलाई आफ्नो धर्मको संरक्षणमा योगदान पुर्याउन पुनः आह्वान गरिएको छ।
साथै सल्लाहकारहरु मा
श्री भिम प्रसाद थपलिया
श्री राज कुामर भट्ट
श्री होम बहादुर बि क
श्री विश्वराम सेडाई
श्रीकृष्ण प्रसाद पाण्डेको समेत गठन हुनुपर्ने कुरामा सकारात्मक रहनु भएको थियो।
सनातन सांस्कृतिक सम्पदा प्रेमी नगरबासी भेलालाई सम्बोधन गर्दै सांस्कृतिक सम्पदा सम्पदा संरक्षण अभियानका अभियन्ता एवं कार्यक्रमको अध्यक्षता गर्नु भएको श्री प्रेमनिधि भारद्वाजले यश अभियानको उदेश्य नगरकमिटीको जिम्वेवारीमाथी प्रकाश पार्दै नव गठित कार्यसमितिको सफलताको कामना गर्नु भयो ।
सनातन धर्मको अस्तित्व र यसको संरक्षणको आवश्यकता अहिलेको प्रमुख विषय भएकोले श्री सनातन सांस्कृतिक सम्पदा संरक्षण संघ, चितवनले नगर तहसम्म समिति गठन गर्दै राष्ट्रव्यापी अभियान सञ्चालन गरेको छ। यस प्रकारका पहलहरूले स्थानीय समुदायलाई जागरुक बनाउँदै सनातनी सम्पदाको रक्षा गर्ने दिशामा महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। नवगठित नगर समितिले अब स्वधर्म संरक्षणमा सक्रिय भूमिका खेल्ने र स्थानीयस्तरमा सम्पदाहरूको सुरक्षामा तत्पर रहने अपेक्षा गरिएको छ।