कावासोती स्थित निर्णय लागू औषध तथा मादक पदार्थ उपचार केन्द्रले जनहितमा एक महत्त्वपूर्ण सूचना जारी गरेको छ। हाल बजारमा प्रतिबन्धित औषधिहरु युवापुस्तामाझ अत्यधिक मात्रामा दुरुपयोग हुँदै गएका छन्। औषधिजन्य लागू औषधहरु, जसलाई चिकित्सा क्षेत्रले प्रयोग गर्नुपर्ने भए पनि, केही मेडिकल तथा औषधि पसलहरुबाट सस्तो मूल्यमा सजिलै उपलब्ध गराइँदै आएको छ। यसको प्रभावले समाजमा युवाहरूमा लागू औषधको लत तीव्र रूपमा बढ्दै गइरहेको देखिएको छ।
केन्द्रको रिपोर्ट अनुसार, १० जना युवाहरु मध्य ८ जनाले यस्ता औषधिजन्य लागू पदार्थको दुरुपयोग गरेको पाइएको छ। यो तथ्यांक अत्यन्तै चिन्ताजनक हो, जसले सम्पूर्ण अभिभावकहरुलाई आफ्नो नानीबाबुहरुको व्यवहार र क्रियाकलापमा निगरानी बढाउन आवश्यक बनाएको छ।
सुझाव:
- सचेत रहनुहोस्: परिवारका अभिभावकहरुले बालबालिकाको हरेक गतिविधिमा चासो देखाउनुहोस्।
- सकारात्मक वातावरण सिर्जना गर्नुहोस्: युवाहरूलाई सकारात्मक सोच, रचनात्मक क्रियाकलापमा संलग्न गराउनुहोस्।
- सामाजिक शिक्षा दिनुहोस्: लागू औषधको दुष्प्रभावबारे जानकारी दिनुहोस्।
- सम्बन्धित संस्थासँग सम्पर्क गर्नुहोस्: लागू औषधको दुरुपयोगको शंका भएमा तुरुन्तै उपचार केन्द्र वा स्थानीय निकायसँग सम्पर्क गर्नुहोस्।
- मनोपरामर्श: यदि तपाईंको परिवारमा कसैले लागू औषध प्रयोग गरिरहेको भए, उचित मनोपरामर्श लिनुहोस्।
लागू औषधले तपाईको परिवारलाई नोक्सान पुर्याउने छ। त्यसैले, यसलाई रोक्न तपाईको सानो प्रयासले ठूलो परिणाम दिन सक्छ।
निर्णय लागुपदार्थ तथा मादकपदार्थ उपचार तथा पुर्नस्थापना केन्द्र कावासोती

