सप्तरीको बरमझियामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु, २६ घाइते

1.0

सप्तरीको कञ्चनरुप नगरपालिका बरमझियामा बस दुर्घटना हुँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य २६ जना घाइते भएका छन् ।

उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १-०१-००१ ख ४१२६ नम्बरको बस आज बिहान करिब ७ बजे दुर्घटना हुँदा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये आठ जनाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि विराटनगर पठाइएको छ ।

घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा भइरहेको छ । विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा बस दुर्घटना भएको बताइएको छ ।ब स र मोटरसाइकल सडकमै पल्टिएका थिए । बसलाई डोजरको सहायताले उठाइएको छ ।

समन्धित समाचार