कलाकार तथा सफल ब्यबसायी अर्जुन सापकोटा सम्मानित भएका छन् | सरिता ईभेन्ट्स प्रालि द्वारा आयोजना गरिएको “बिशिष्ट व्यक्तित्व सम्मान” कार्यक्रममा विगत लामो समय देखि कला तथा धार्मिक एवं व्यवसायीक साथै सहयोग, सचेतना एवं समाज कल्याणको क्षेत्रमा योगदान पुर्याए बापत उनीलाई सम्मान गरिएको हो |
बागमती प्रदेशका संस्कृती, पर्यटन तथा सहकारी मंत्री मा. श्री बिमल ठकुरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो कार्यक्रममा समाज उत्कृष्ठ योगदान पुर्याएका चिकित्सा तथा स्वास्थ्यकर्मीहरु, साहित्यकारहरु, अधिबक्ताहरु, पत्रकारहरु, कलाकारहरु, शिक्षकहरु, खेलाडीहरु, सफल युवा उधमीहरु, सफल महिला उधमीहरु, सफल व्यावसायिहरु, सामाजिक अभियान्ताहरु, सामाजिक संस्थाहरु, समाजसेबीहरु मध्येबाट ५५ जना विशिष्ट व्यक्तिलाई सम्मान गरिएको थियो |