गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीको नियन्त्रणमा

508 1

गौशालास्थित धर्मशालामा मारवाडी सेवा समितिले सञ्चालन गरेको गाईगोठ भत्काउन गएको काठमाडौं महानगरपालिकाको डोजर नेपाल प्रहरीले नियन्त्रणमा लिएको छ ।

महानगर प्रहरीको टोली धर्मशाला खाली गराउने उद्देश्यले गएको थियो । तर, प्रहरीले असहयोग गर्दै प्रवेश नै गर्न नदिएर डोजर नियन्त्रणमा लिएपछि महानगरको प्रयास असफल भएको छ ।

तर, महानगर धर्मशालामा बोर्ड भने राखेको छ ।मारवाडी सेवा समितिसँग विवाद चलिरहेको बेलामा महानगरले बुधबार बोर्ड राखेको हो । यसअघि महानगरले आफ्नो ब्यानर राखेको थियो ।

समन्धित समाचार