आज आश्विन शुक्ल षष्ठी। देवी कात्यायनीको पूजा आराधना गरेर मनाइँदै छ। दशैँघर वा आफ्नो पूजा कोठामा देवी कात्यायनीको विधिपूर्वक पूजा आरधना गरी मनाइन्छ। प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन देवी कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिन्छ।
नवरात्रमा देवीहरुको पूजा गर्न काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शिक्तपीठहरुमा भक्तजनहरुको भीड रहेको छ। आज पनि काठमाडौंका भद्रकाली, मैतीदेवीलगायत विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भीड देख्न सकिन्छ।
दुर्गा देवीको पूजाआराधना गरी देशभर दशैँको स्वागत गरिँदै छ। शक्तिपीठहरुमा भक्तजनहरुको उल्लेख्य उपस्थिति छ।