तालिवानद्वारा राष्ट्रपति कार्यालय ‘कब्जा’, इस्लामिक इमिरेट अफगानिस्तान घोषणाको तयारी

taliwan1

काठमाडौँ । अफगानिस्तानमा विद्रोही तालिवानले राजधानी काबुलस्थित राष्ट्रपति कार्यालय कब्जा गरेको दाबी गरेको छ ।काबुलमा तालिवानको बढ्दो प्रभावका बिच आइतवार दिउँसो राष्ट्रपति असरफ घानीले देश छोडेका थिए । घानीले मित्र राष्ट्रमा शरण लिएपछि तालिवानले राष्ट्रपति कार्यालय नियन्त्रणमा लिएको हो । तालिवानले अफगानिस्तानलाई इस्लामिक इमिरेट घोषणा गर्ने तयारी पनि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ ।

यद्यपि तालिवानले राष्ट्रपति कार्यालय कब्जा गरेको सरकारी अधिकारीहरुबाट पुष्टि हुन बाँकी छ ।तालिवानले काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा सैनिक उडान बाहेकका सबै उडान पनि रद्ध गरेको बीबीसीले जनाएको छ ।

साथै काबुलका ११ जिल्लालाई पूर्ण रुपमा नियन्त्रणमा लिएको तालिवानको दाबी छ । सुरक्षा सुनिश्चितताका लागि जिल्ला नियन्त्रणमा लिएको तालिवानका एक प्रवक्तालाई उल्लेख गर्दै बीबीसीले लेखेको छ ।

समन्धित समाचार