काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु

106

काठमाडौं उपत्यकामा मेलम्चीको पानी पुनर्वितरण सुरु गरिएको छ । मेलम्चीको पानी प्रशोधन केन्द्रबाट खानेपानीमन्त्री प्रदीप यादवले उपत्यकाका नागरिकलाई वितरणको शुभारम्भ गरेका हुन् । मेलम्चीका स्थानीय समितिले सङ्घर्ष समिति नै बनाएर विभिन्न मागहरु राखेका थिए । हिजो खानेपानीमन्त्री यादव र स्थानीयबीच भएको वार्तामा पानी पठाउने सहमति भएको थियो ।

मन्त्री यादवले हेलम्बु गाउँपालिकाको मेलम्ची गएर सङ्घर्ष समिति एवं त्यहाँका सरोकारपक्षसँग वार्ता गरेका थिए। दसैँ अगाडि काठमाडौँवासीलाई मेलम्चीको पानी उपलब्ध गराउने प्रतिबद्धता जनाएका मन्त्री यादवसहितको टोली वार्ताका लागि थियो।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्नप्रसाद लामिछानेका अनुसार सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रबाट मेलम्चीको पानी खोलिएसँगै काठमाडौं उपत्यकामा खानेपानी लिमिटेडका विभिन्न वितरण शाखामार्फत खानेपानी वितरण हुनेछ ।

समन्धित समाचार