जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दशैँको टीकाको दिन पनि केही ठाउँमा पानी पर्ने सम्भावना रहेको छ ।
महाशाखाले आगामी शनिवार अर्थात टीकाको दिन पनि पानी पर्ने सम्भावना रहेको जनाएको हो । विभागका अनुसार आइतवारदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशबाट बाहिरिएको मनसुन यही हप्ता देशभरबाट बाहिरिने सम्भावना छ ।
महाशाखाकी मौसमविद् प्रतिमा मानन्धरले यो हप्ताभित्रमा मनसुन बाहिरिने र विगतमा पनि मनसुन बाहिरएपछि हल्कादेखि मध्यम वर्षा हुने गरेको बताइन । उनले यसपटक मनसुन बाहिरिने समय र दशैँ एकैपटक परेको भन्दै मनसुन बाहिरिँदा पश्चिमी वायु र स्थानीय वायु प्रभावका कारण हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइन् ।