नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने गरी काम गर्नुपर्ने बताएका छन् ।
काठमाडौंको बालुवाटारस्थित सम्पर्क कार्यालयमा सोमबार बिहान नेपाल दलित सङ्घका नेताहरूसँगको भेटघाटका क्रममा उनले आगामी निर्वाचनमा कांग्रेस एक्लै चुनाव लड्ने भएकाले सोही अनुसारको तयारी गर्न आग्रह गरे ।
‘कांग्रेसलाई एक्लै बहुमत ल्याउन सक्ने पार्टी बनाउने हो । त्यसका लागि अहिलेदेखि नै काम गर्नुहोला,’ कोइरालाले भने, ‘दशैं–तिहारको रमाइलोमा मात्रै होइन, जनताको सुख–दुःखमा पनि पुग्नुस् । दशैंको शुभकामना । ’





