साताको पहिलो कारोबार दिन अर्थात् आइतबार नेप्से परिसूचक ५६.०९ अंकले बढेको छ। यसदिन नेप्से २.१५ प्रतिशतले बढेर २६५३.५८ विन्दुमा बन्द भएको छ। आइतबार कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही घटेको छ। गत कारोबार दिन अर्थात् बुधबार छ अर्ब ७७ करोडको कारोबार भएकोमा यसदिन छ अर्ब १३ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ६४ करोड रूपैयाँ कमी आएको हो। आज ३०८ वटा धितोपत्रको एक करोड ५० लाख ४६ हजार ७१० कित्ता सेयर किनबेच भएको हो। आइतबार २१९ कम्पनीको सेयर मूल्य बढेको छ भने २३ घटेको छ। यस्तै, दुई कम्पनीको सेयर मूल्य स्थिर रहेको छ। यसदिन न्यादी हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य ३३५ रूपैयाँ ६० पैसा कायम भएको छ।





