गाजाको अस्पतालमा इजरायली आक्रमण, २१ जनाको मृत्यु

501

गाजाको एक अस्पतालमा भएको इजरायली आक्रमणमा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

मध्य गाजाको डेर अल बालेहस्थित अल अक्सा सहिद अस्पतालमा इजरायली सेनाले बम खसालेको हो । मस्जिदसँगै रहेको अस्पतालमा भएको विस्फोटमा अन्य कयौँ मानिस घाइते भएको जनाइएको छ ।

इजरायलले उक्त अस्पतालमा हमास समूहका लडाकुहरु लुकेर बसेको हुनाले आक्रमण गरिएको दाबी गरेको छ।

समन्धित समाचार