सोलुखुम्बुमा टाइफाइडको विरामी बढे, अस्पतालमा बेडको अभाव

Photo Mahakulung

सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा टाइफाइडका विरामीको संख्या बढेको छ । पछिल्लो एक सातायता गाउँपालिकामा टाइफाइडका विरामीको संख्या ह्वातै बढेको महाकुलुङ प्राथामिक अस्पतालले जनाएको छ ।

पछिल्लो समय अस्पताल आउने अधिकांश विरामी टाइफाइडको रहेको मेडिकल अधिकृत सञ्जय खत्रीले जानकारी दिए । उनका अनुसार अस्पतालमा दैनिक ३० देखि ४० जनासम्म टाइफाइडका विरामी आउने गरेका छन् । जसमध्ये ६ जनाको भर्ना गरी उपचार भइरहेको अस्पतालले जनाएको छ ।

वर्षातको समयमा पिउने पानी प्रदूषित हुँदा टाइफाइड फैलिएको हुनसक्ने चिकित्सकहरुको अनुमान छ । विरामीको संख्यामा वृद्धि भएसँगै बेडको अभाव हुन थालेको अस्पतालले जनाएको छ ।

१५ शैय्याको उक्त अस्पतालमा १ जना डाक्टर, ४ जना अहेब, २ जना स्टाफ नर्स, ३ जना अनमी र ३ जना कार्यालय सहयोगी कार्यरत छन् ।

समन्धित समाचार