नेपाल प्रिमियर लिगको कमर्सियल राइट ५ करोड ९२ लाखमा बिक्री

6 22

नेपाल प्रिमियर लिग (एनपीएल)क्रिकेटको कमर्सियल राइट ५ करोड ९२ लाख रूपैयाँमा बिक्री भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले ब्रान्ड डिजिटल लजिक प्रालिलाई उक्त राइट बिक्री गरेको हो । क्यान प्रवक्ता छुम्मी लामाले एक संस्करणका लागि कमर्सियल राइट बिक्री भएको बताए । कमर्सियल राइटबापत ब्रान्ड डिजिटलले प्रतियोगिताका लागि प्रायोजकहरू खोज्छ । क्यानले एनपीएलको पहिलो संस्करण आगामी मंसिरमा आयोजना गर्दैछ ।

समन्धित समाचार