कोशी प्रदेश सरकारले अविरल वर्षाको कारण आएको बाढी, पहिरो र डुबानमा ज्यान गुमाउनेलाई तत्काल राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश विपत् कार्यकारी समितिको आज बसेको बैठकले प्राकृतिक विपत्तिमा परेर ज्यान गुमाएका परिवारलाई तत्काल १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
प्रदेश विपत् कार्यकारी समितिका संयोजक एव आन्तरिक मामिला तथा कानून मन्त्री लिलावल्लभ अधिकारीको अध्यक्षयतामा बसेको सम्मतिको बैठकले जिल्ला प्रशासन कार्यालयको सिफारिस बमोजिम पूर्ण क्षति भएका घरहरूको लागि ५० हजार,आंशिक क्षति भएका घरहरूको लागि ३० हजार र सामान्य क्षति भएका घरहरूका लागि १५ हजार रुपैयाँ तत्काल राहत उपलब्ध गराउने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका उपसचिव एव प्रवक्ता विश्वदीप बेस्राले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रीको अध्यक्षतामा प्रदेश विपद् कार्यकारी समिति गठन गरिएको छ । जसमा नौ वटै मन्त्रालयका सचिव,