दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन

FB IMG 1727578334433

 दरौँदी यातायात प्रालिले शुक्रबार रातिदेखि एक बस सम्पर्कविहीन भएको जनाएको छ । प्रालिले गत शुक्रबार बिहान गोरखाको लापुबेसीबाट काठमाडौंका लागि छुटेको ना४ख २२७० नम्बरको बस सम्पर्कविहीन भएकाले खोजीकार्यमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको छ ।

प्रालिका अनुसार उक्त बस शुक्रबार राति १० बजेसम्म खानीखोलामा सम्पर्कमा भएको तर त्यसपछि कोही कसैसँग सम्पर्क नभएको जनाएको छ । बसमा कति यात्रु थिए भन्ने बारेमा केही खुलाइएको छैन ।

कम्पनीका तर्फबाट खोजीकार्य भइरहे पनि कुनै पत्ता लाग्न नसकेको भन्दै खोजीमा सहयोग गरिदिन सबैमा अनुरोध गरेको हो ।

 

सहयोगका लागि अनुरोध:
मिति २०८१/६/११ गते बिहान गोरखा दरौंदी यातायात सेवा कम्पनी प्रा.लि.को ना ४ ख २२७० नं को बस गोरखाको लापुबेसिबाट काठमाण्डौका लागि छुटेको बस सोहि दिनको राति १० बजे खानीखोला सम्म सम्पर्क भएको त्यसपछि कोहि कसै सँग सम्पर्क हुन नसकेको जानकारी गराउदै कम्पनीले आफ्नो तर्फबाट हर तबर बाट खोजी कार्य अघि बढाएको छ तर पनि अहिले सम्म केही खबर पाउन नसकिएकोले गर्दा आ आफ्नो तरिकाले सम्पूर्णमा खोजी कार्यमा लागदिनुहुन अनुरोध गर्दछौ।

सम्पर्क का लागि
अध्यक्ष नारन खत्री ९८५६०४०७७०
कार्यालय प्रमुख एकराज उपाध्याय ९८५६०४०१९४
काठमाडौं काउण्टर बिष्णु दानी ९८५१०५५७५२
गोरखा काउण्टर जीवन बस्नेत ९८०६५४६६१५
धन्यवाद।

 

समन्धित समाचार