विराटनगरबाट उदयपुर जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजबाट सप्तकोशीमा खसेको छ । विहिबार साझ करिब ६ बजे कोशी ब्यारेजको पुलबाट नदीमा खसेको प्रहरीले जनाएको छ । बस खसेको जानकारी पाउनासाथ प्रहरी टोलि खटिएको बताइए पनि दुर्घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।
कोशी ब्यारेजबाट यात्रु बस नदीमा खस्यो
