खोला किनारबाट २० मिटर छाड्नुपर्ने फैसलाविरुद्ध प्रदर्शन

13

खोला किनाराको थप २० मिटर मापदण्ड लागू हुने भनी सर्वोच्चले गरेको निर्णय र कार्यान्वयन गर्ने काठमाडौँ महानगरपालिकाको तयारीको विरुद्ध काठमाडौँमा प्रदर्शन भएको छ । फैसला कार्यान्वयन गर्न नसकिने दाबी गर्दै सरकारले दर्ता गराएको पुनरावलोकन निवेदन सुनुवाइकै क्रममा रहेको अवस्थामा आज पनि प्रदर्शन भएको हो ।

पीडितहरूले ‘जनताको सम्पत्ति रक्षा गर, सर्वोच्च अदालतको निर्णय खारेज गर’ जस्ता नारा लगाउँदै काठमाडौँमा प्रदर्शन गरेका हुन् । सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव फणीन्द्र गौतमले दर्ता गराएका  निवेदनमा आज न्यायाधीशहरू सपना प्रधान मल्ल,  तिलप्रसाद श्रेष्ठ र टेकप्रसाद ढुङ्गानाको इजलासमा पेशी तोकिएको छ।

समन्धित समाचार