काठमाडौंको लैनचौरमा दुई वटा स्कुटर एक आपसमा जुध्दा एक जनाको मृत्यु भएको छ । बुधबार राति काठमाडौं महानगरपालिका–२ लैनचौरस्थित सडकमा दुई वटा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । बा.७९ प ५४७८ नम्बरको स्कुटर र बा.प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर जुधेको थियो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बा. प्र ०२–०३६ प ७४४९ नम्बरको स्कुटर चालक दोलखा मेलुङ गाउँपालिका–५ का २१ वर्षीय रूपेश केसी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको शिक्षण अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। अर्को स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
