भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा

3 23

भारी वर्षाका कारण मुम्बइका धेरै ठाउँ डुबानमा परेको छ ।

भारतको आर्थिक राजधानी मुम्बइ र आसपासका क्षेत्रमा बुधबार भारी वर्षा भएको छ । जसका कारण तल्लो क्षेत्र डुबानमा परेका छन् । वर्षाको कारण स्थानीय ट्रेनहरू रोकिएको थियो ।

मुम्बई आउने कम्तिमा १४ उडानहरू डाइभर्ट गर्नुपरेको थियो । भारतीय मौसम विभागले मुम्बई र यस आसपासका जिल्ला ठाणे, पालघर र रायगढमा बिहीबार बिहान ८ः३० बजेसम्म रेड अलर्ट जारी गरेको छ ।

भारी वर्षाका कारण बृहन्मुम्बइ महानगरपालिकाले बिहीबार सबै विद्यालय र कलेजमा बिदा दिएको छ । मुम्बई प्रहरीले सहर र वरपरका क्षेत्रका मानिसहरूलाई सकेसम्म घरभित्रै बस्न आग्रह गरेको छ।

समन्धित समाचार