आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ ।
क्यानडाको किङसिटीमा गए राति ८ः४५ बजेदेखि हुने भनिएको उक्त खेल लगातार पानी परेपछि टससमेत हुन सकेन । खेल रद्द भएसँगै दुवै टोलीले समान १-१ अङ्क बाँडेका छन् । क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले त्रिकोणात्मक शृङ्खलाअन्तर्गत आज चौथो खेल खेल्न लागेको थियो ।
शृङ्खलाको पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित नेपालले दोस्रो खेलमा ओमानसँग एक विकेटको हार बेहोरेको थियो । त्यस्तै तेस्रो खेलमा क्यानडासँग पाँच विकेटले पराजित भएको थियो ।