१७ वर्षमुनिको साफ च्याम्पियनशिप फुटबलमा नेपालले आज श्रीलङ्कासँग भिड्दैछ ।
भुटानको थिम्पुमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे शुरू हुनेछ । यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग १-० गोलले पराजित भएको थियो । नेपाललाई सेमिफाइनल पुग्न यो खेल जित्नैपर्ने हुन्छ । श्रीलङ्का पनि पहिलो खेलमा घरेलु टोलीसँग ५-१ गोलले पराजित भएको थियो ।
यही सेप्टेम्बर २० देखि शुरू भएको प्रतियोगिता सेप्टेम्बर ३० सम्म चल्नेछ । च्याम्पियनशिपको समूह बी मा नेपालसँगै घरेलु टोली भुटान, श्रीलङ्का र पाकिस्तान रहेका छन् । यस्तै समूह ए मा भारत, माल्दिभ्स र बङ्गलादेश रहेका छन् ।