काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले भारतमा लोकतन्त्र सफल हुनु भनेको नेपालमा पनि लोकतान्त्रिक मूल्य र मान्यता कार्यान्वयनको लागि प्रेरणा मिल्ने बताएका छन् । उनले भारतसँग नेपालको बहुआयामिक सम्बन्ध रहेकोले बेला बेलामा समस्या उत्पन्न हुनु स्वभाविक भएको पनि बताए । तर, मजबुद सम्बन्ध विकासको लागि निरन्तर सम्वाद जारी राख्नुपर्ने र एक अर्काको मुद्दालाई कुटनीतिक टेबुलमा राखेर समाधान गर्नुपर्नेमा उनको जोड थियो ।
उनले आफ्नो देशलाई केन्द्रविन्दुमा राखेर अघि बढ्नुपर्ने पनि बताए । उनले वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतसँग विश्वासको सम्बन्ध बनाएर अघि बढाउनेमा आफू विश्वस्त रहेको पनि सुनाए ।