अपाङ्गता भएका १२ जना सहित ९६ इजरायली पर्यटक नेपाल भ्रमणमा

8 14

नेपाल स्थित इजरायली राजदुतावासको समन्यवमा नेपाल आएका इजरायली पर्यटकलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गरिएको छ ।

इजरायली राजदूत होनान गोदर र नेपाल पर्यटन बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले उनीहरुलाई स्वागत गरेका थिए । अपाङ्गता भएका १२ जना पर्यटकसहित ९६ जनाको सो टोली गय राती नेपाल आएको थियो । सालोम राफ्टिङ ट्रेक्स एण्ड एक्सपिडीसन र मास्टर हिमालयले यो यात्राको संयोजन गर्ने र पर्यटकको टोलीले पोखरा, मनाङ्ग र मुस्ताङ्गका विभिन्न क्षेत्रको भ्रमण गर्ने तालिका छ । आज काठमाण्डौंबाट पोखरा पुगेको उक्त टोली भोलि पोखराबाट हेलिकोप्टर मार्फत मनाङ्गको हुम्दे त्यसपछि थोरङलापास हुँदै मुक्तिनाथ र जोमसमेबाट पुनः हेलिकोप्टर मार्फत पोखरा र पोखराबाट काठमाण्डौ फर्किने तालिका रहेको छ ।

अपाङ्गता भएका पर्यटकहरुको आगमन र उनीहरुले गर्ने साहसिक यात्राले नेपाल साहसिक मात्र नभई अपाङ्गमैत्री पर्यटकीय गन्तव्य पनि हो भन्ने सन्देश प्रभाव गर्ने पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले जानकारी दिएका छन् । यस्तै अन्य स्थानमा पनि अपाङ्गता मैत्री पूर्वाधार बनोस भन्ने कुरामा जोड दिएको उनको भनाइ छ ।

समन्धित समाचार