काभा महिला भलिबल क्लब च्याम्पियनशिपमा आज पुलिस क्लबले श्रीलङ्काको पुलिस क्लबसँग खेल्दैछ । माल्दिभ्सको मालेमा हुने यो खेल नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ ।
यसअघि हिजोदेखि सुरु भएको खेलमा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ । अब तेश्रो खेलमा भोलि मंगलबार ताजकिस्तानको क्लब र चौथो तथा समूह चरणको अन्तिम खेलमा आउने बिहिबार माल्दिभ्सको क्लबसँग खेल्नेछ ।