प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ।
आइतबार दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो। तर, निर्धारित समयमा बैठक सुरु हुन नसकेपछि अपराह्न ३ः१५ बजेका लागि बैठक सरेको थियो। यद्यपि, बैठक बस्दै नबसी स्थगित भयो।
नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ। बैठक सुचारु गर्ने विषयमा दलहरुबीच सहमति जुट्न सकेको छैन। नेकपा एमालेका सांसद योगश भट्टराईले माओवादी आन्दोलनलाई ‘हिंसा’ भनेको भन्दै माओवादीले संसद अवरुद्ध गर्दै आएको छ। हिंसा शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने माओवादीको माग छ।





