राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमहामन्त्री डा. मुकुल ढकालले सभापति रवि लामिछानेले ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको बताएका छन् ।
आइतबार सामाजिक सञ्जालमा फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै उनले ‘स्वेट शेयर’को कानुन छैन भनेर लामिछानेले हल्ला फैलाएको आरोप पनि लगाए ।
‘नेपालमा स्वेट शेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैल्याए, हामीले त्यसमा विश्वास गर्यौँ । कतिपय मिडियाकर्मी साथीहरूले पनि त्यहीअनुसार समाचार प्रशारण गरे’, उनले भनेका छन्, ‘तर नेपालमा ‘स्वेट शेयर’ वा यस्तै प्रकृतिमा लिइने अन्य शेयरका लागि कानुन छ ।’
डा। ढकालले रविले २ करोड मात्रै नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग सुरक्षित रहेको बताए ।





