पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन भएको छ ।
बुधबार राजधानी लिमामा ८६ वर्षीय फुजिमोरीको निधन भएको परिवारले जनाएको छ । क्यान्सरसँग लामो लडाइँ पछि बुबा अल्बर्टो फुजिमोरी प्रभुलाई भेट्न भर्खरै प्रस्थान गर्नुभएको छ,’ फुजिमोरीकी छोराछोरीले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
गत अगस्टमा जिब्रोको क्यान्सरको उपचार पूरा गरेपछि फुजिमोरीको स्वास्थ्य अवस्था निकै बिग्रिएको उनको परिवारनिकट स्रोतले बताएको थियो ।
सन् १९९० देखि सन् २००० सम्म पेरुको राष्ट्रपति बनेका फुजिमोरीलाई डिसेम्बरमा मानवीय आधारमा जेलबाट रिहा गरिएको थियो।