राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बस्दैछ । बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा साढे १० बजे बस्ने छ । बैठकमा उपसभामुख इन्दिरा रानामगरमाथि उठेको प्रश्नलगायतका विषयमा छलफल हुने बताइएको छ ।
यसका साथै बैठकमा असोज १ र २ गते हुने राष्ट्रिय भेला, सात प्रदेशमा सकिएको प्रदेश भेलाको समीक्षालगायतका विषयमा पनि छलफल हुनेछ ।





