फिफा विश्वकपको दक्षिण अमेरिकी छनोटमा कोलम्बियाले अर्जेन्टिनालाई २-१ ले पराजित गरेको छ ।
कोलम्बियाको लागि कप्तान जेम्स रोड्रिग्वेज एक गोल र एक असिस्ट तथा यरसन मोस्केराले एक गोल गरे । खेलको २५औं मिनेटमा मोस्केराले रोड्रिग्वेजको पासमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाएका थिए ।
पहिलो हाफमा पछि परेको अर्जेन्टिनाले दोस्रो हाफमा सुरुमै गोल फर्कायो । निको गोन्जालेजले ४८औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए ।
६०औं मिनेटमा जेम्स रोड्रिग्वेजले पेनाल्टीमा गोल गर्दै कोलम्बियालाई २-१ को अग्रता दिलाए । त्यसपछि थप गोल नहुँदा कोलम्बयालाई विजयी हुँदै ३ अंक जोडेको हो ।