धार्मिक प्रवक्ता एवं गायक तथा संगीतकार परशुराम पाण्डेयको नेपाली रोइला भजन “सधैं हामीलाई हतार” नामक सार्वजानिक भएको छ |
आफ्नो सामाजिक संजाल यु ट्युब च्यानल Bhajan Diary – भजन डायरी मार्फत आफ्ना दर्शक तथा श्रोता सामु ल्याउनु भएको यस भजनमा स्वर संगीत एवं लय पाण्डेय स्वयंको रहेको छ भने पवित्रा घिमिरे, रामहरी सुबेदी, शंकर पाण्डे, आशिस सुबेदी लगायत कलाकारले उहाँलाई साथ दिनु भएको छ |
गत साता मात्रै “आहा कति मिठो धुन” नामक श्री कृष्ण भजन ल्याउनु भएका पाण्डेयले यसै महिना झोलुङ्गोमा कृष्णलाई सुताईन र “पाप कर्म गर्न हुन्न” बोलका भजन दर्शक श्रोता माझ ल्याउनु भएको थियो |
सनातन संस्कृती संरक्षण अभियानका अभियन्ता विलक्षण प्रतिभाका धनी गुरु परशुराम पाण्डेय भक्ति संगीतका अलावा धार्मिक प्रवचन, सत्संग, योग, बिपासना लगायत विधामा पारङ्गत हुनुहुन्छ |
भिडियो