मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि रातिमा बन्द हुने

105 1

पृथ्वी राजमार्गको मलेखु- मुग्लिङ्ग खण्ड आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

नागढुंगा मुग्लिङ्ग सडक योजनाले सूचना प्रकाशित गर्दै निर्माणाधीन बार्वाङ्ग खोला, मोवा खोला, खटौती खोला र गोमती खोलामा आरसिसि बिम राख्न ठुलो साइजको क्रेन प्रयोग गर्नको लागि आजदेखि असार ७ गतेसम्म राति १०: ३० बजेदेखि बिहान ३ बजेसम्म अत्यावश्यक सवारी वाहेक अन्य सवार आवागमन रोकिने जानकारी दिएको छ । 

सो समयमा मुग्लिङ्गतर्फबाट मलेखु छिर्ने भारी सवारी साधनहरु मुग्लिङ्गमा र हलुका सवारी साधन कुरिनटारमा रोकिने छ । त्यस्तै मलेखुतर्फबाट मुग्लिङ्ग छिर्ने भारी सवारी साधनहरु मलेखुमै रोकिने र हलुका सवारी साधन शितल बजारमा रोकिने जानकारी दिइएको छ । 

106

समन्धित समाचार