दाङको तुलसीपुर उपमहानगरपालिका- १३ बखरियास्थित तुलसीपुर-अमलिया सडक खण्डमा यात्रुवाहक बस र विद्यालयको बस एकआपसमा ठोक्किँदा भएको दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ ।
आज बिहान करिब ११ बजेको समयमा गोल्टाकुरीबाट तुलसीपुरतर्फ आउँदै गरेको ना ४ ख ४००९ नम्बरको यात्रुवाहक बस र तुलसीपुरबाट बखरिया गई विद्यार्थी छोडी फर्किंदै गरेको रा १ क ८७० नम्बरको विद्यालय बस एकआपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको थियो ।
उपचारको क्रममा राप्ती प्रादेशिक अस्पतालमा उनीहरूको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
मृत्यु हुनेमा दंगीशरण- २ बस्ने करिब ४२ वर्षीया शान्ता खड्का चौधरी र सोही पालिका- ४ बस्ने ६० वर्षीय नारायण भण्डारी रहेका छन् ।दुर्घटनामा परी २५ जना घाइते भएका छन् । घाइतेहरूको विवरण आउन बाँकी छ ।