नागढुंगा–नौबिसे सडक खण्ड थप पाँच दिन बन्द हुने

11 1

 नागढुंगा–नौबिसे सडक खण्डमा सोमबारदेखि थप पाँच दिन बन्द हुने भएको छ ।

सडक मर्मत तथा सुधार कार्य जारी रहेकाले जेठ २६ गतेदेखि ३० गतेसम्म दिनहुँ साढे चार घण्टा सडक बन्द गर्ने नागढुङ्गा–मुग्लिङ्ग सडक योजना (पूर्वी खण्ड) ले जनाएको छ ।

आयोजनाले जारी गरेको सूचनामा लेखिएअनुसार जेठ २६ गतेदेखि ३० गतेसम्म बिहान साढे १० बजेदेखि ३ बजेसम्म सडक बन्द हुनेछ ।

अवधिमा साना तथा मझौला गाडीहरुका लागि सीतापाइला-रामकोट-धार्के सडक र सामाखुसी-टोखा-छहरे-त्रिशूली (विदुर)-गल्छी सडक विकल्पको रुपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

समन्धित समाचार