बाजुराको बाम्का बजारमा भीषण आगलागी

401

बाजुराको बुढीगंगा नगरपालिका-८ मा रहेको बाम्का बजारमा भीषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार ग्यास सिलिन्डर पड्किएर आगलागी भएको हो ।

दिउँसो ४ बजे लागेको आगो अझै नियन्त्रणमा आएको छैन । आगलागीबाट ठूलो क्षति भएको स्थानीयले बताएका छन् ।

मानवीय क्षति नभए पनि ठूलो धनमालको क्षति भएको बताइएको छ । थप विवरण आउन बाँकी छ।

समन्धित समाचार