रुकुमपश्चिमबाट काठमाडौं जाँदै गरेको एक यात्रुबाहक बस तनहुँको डुम्रेमा दुर्घटना हुँदा सात जना यात्रु घाइते भएका छन्। घाइतेहरूमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ। उनीहरूको डुम्रेको लक्ष्मी अस्पतालमा उपचार भइरहेको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दुर्घटनामा बस चालकको अवस्था गम्भीर छ।
प्रदेश १–०१–००१ ख ४१५२ नम्बरको बस र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०१–००१–अ–यू ००५७ नम्बरको टिपर आज बिहान बन्दीपुर नगरपालिका–१ स्थित डुम्रे नजिक ठोक्किएका हुन्।
प्रहरीका अनुसार यम्पाबाट डुम्रे तर्फ आइरहेको टिपर र रुकुमबाट काठमाडौं जाँदै गरेको बस एक आपसमा ठोक्किएको हो।