ओडिसा प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको भारतीय विदेस मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयले सामाजिक संञ्जाल एक्स मार्फत यस दूखद घटनाको जानकारी प्राप्त भए देखिनै ओडिसा राज्य सरकार संग निरन्तर सम्पर्कमा रहेको र ओडिसा राज्य सरकारले मृतकका परिवारलाई पूर्ण सहयोग गरिरहेको जनाएको छ।
यो घटनाले आफुलाई अत्यन्तै दूखी तुल्याएको भन्दै भारतीय विदेश मन्त्रालयले भारत सरकार सबै अन्तराष्ट्रिय विद्यार्थीहरुको सकुशलता सुरक्षा र हितमा गम्भिर रहेको उल्लेख गरेको छ।
भारतको ओडिसा राज्यस्थित कलिङ्गा इन्सि्टच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजीमा अध्ययनरत वीरगन्जकी प्रिसा साह बिहिबार बेलुका आफ्नै कोठामा मृत भेटिएकी थिइन्।