पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टितेलको घट्यो

19 1

 नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ ।

निगम सञ्चालक समितिको शनिबारको बैठकले मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साविकको बिक्री मूल्यमा प्रतिलिटर रु एक बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर रु चार रुपैयाँले घटाएको छ ।

मूल्य समायोजनसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १६५.५० रुपैयाँ, दोस्रो वर्गमा १६७ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १६५ रुपैयाँ कायम भएको छ ।

यस्तै, डिजेल र मट्टीतेल पहिलो वर्गका लागि प्रतिलिटर १५३.५० रुपैयाँ, दोस्रो वर्गमा १५५ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १५६ रुपैयाँ कायम गरिएको छ ।

समन्धित समाचार