संघीय ऐनसँग बाझिने गरी गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावली खारेजीको माग गर्दै यातायात व्यवसायी तथा मजदुरहरूले काठमाडौंको चक्रपथ र भक्तपुर मुख्य सडक ठम्प बनाएका छन् । उनीहरू शनिबार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ बागमती प्रदेशको आयोजनामा चक्काजाम गरिरहेका हुन् ।
बिहान ११ः३० बजेबाट सुरु भएको चक्काजाम १२ः३० बजे सकिने बताइएकाे छ । उनीहरूले टेम्पो, ट्याक्सी, बस, ट्रकलगायत सार्वजनिक सवारीसाधनबाट यात्रुलाई ओरालेका थिए ।यसले गर्दा अस्पताल र विमानस्थल गएका यात्रु बढी मारमा परेका छन् । आइतबार पनि माइतीघर मण्डलामा विरोधसभाको आयोजना गरिने कार्यक्रम छ ।