चितवनमा बस र कार एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

MixCollage 23 May 2025 06 40 AM 6824 1536x864 1


चितवनमा बस र कार एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु

चितवन — चितवनको खैरहनीमा गएराति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्व–पश्चिम राजमार्ग अन्तर्गत खैरहनी नगरपालिका–२ ज्यामिरे चोकमा भएको सो दुर्घटना राति १:४५ बजे घटेको चितवन प्रहरीले जनाएको छ।

दुर्घटना बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्बरको काठमाडौंतर्फ जाँदै गरेको यात्रुबाहक बस र विपरित दिशाबाट आइरहेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्बरको कार एकआपसमा ठोक्किँदा भएको हो।

उक्त दुर्घटनामा कार चालक खैरहनी नगरपालिका–८ निवासी ४२ वर्षीय प्रदीप तिमिल्सिना गम्भीर घाइते भएका थिए। उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ।

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको छ। प्रारम्भिक अनुसन्धानअनुसार दुबै सवारीको तीव्र गतिका कारण दुर्घटना भएको आशंका गरिएको छ।

प्रहरीले घटना सम्बन्धी थप विवरण संकलन गरिरहेको छ।


समन्धित समाचार